काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले संचालन गरेको मेची–महाकाली जागरण अभियानका क्रममा १० हजार २ सय ७४ जना पार्टी प्रवेश गरेका छन् ।
सोमबार पार्टीको ६८ औं सचिवालय बैठकको निर्णय सुनाउँदै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले विभिन्न पार्टी छाडेर १० हजार २ सय ७४ जनाभन्दा बढी नागरिक पार्टीमा प्रवेश गरेको बताएका हुन् ।
अभियानका क्रममा तीन लाख ५० हजार बढी जनतासँग भेटघाट भएको खतिवडाले जानकारी दिए ।
एकीकृत समाजवादीले असोज १४ देखि २८ गते समम्म मेची महाकाली जागरण अभियान सञ्चालन गरेको थियो ।
रोजगारी सुशासन र समृद्धिका लागि १२ सय किलोमिटर लामो यात्रा गरिएको र समाजवादको प्रारम्भिक अवस्था कृषि क्रान्तिबाट गर्नुपर्ने भनेको थियो ।