विराटनगर । नेकपा एकीकृत समाजवादी महोत्तरीका अध्यक्षले पार्टी परित्याग गरेका छन् । अध्यक्ष कौशिलाल यादवले बुधबार एक कार्यक्रममा पार्टी परित्याग गरेको घोषणा गर्दै एमाले प्रवेश गरेका हुन् ।
नेकपा एसका जिल्ला अध्यक्ष यादवसहित जिल्ला सचिव अरुण कुमार चौधरी, भंगहा नगरपालिकाका नगर कमिटी अध्यक्ष किशोरी सिंह लगायत नेता कार्यकर्ताहरूले पार्टी परित्यागको घोषणा गरेका छन् ।
महोत्तरीको रामगोपालपुरमा एमाले क्षेत्रीय समन्वय समितिले आयोजना गरेको दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी परित्याग गरेको घोषणा गरेका उनीहरूलाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका छन् ।