पोखरा । पोखरामा चलचित्र ‘उखान’को विशेष प्रदर्शन भएको छ । यसअघि चैत्र १८ गते काठमाडौंको नाचघरमा प्रदर्शन भएको थियो ।
माननीय आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरको उपस्थिति चलचित्र प्रदर्शन भएको हो । चलचित्रमा प्रकाशकुमार दर्लामीले निर्देशन गर्नुका साथै मुख्य अभिनय पनि गरेका छन् ।

मेकबहादुर आले कार्यकारी निर्माता रहेको चलचित्रमा कविता आले, खड्गबहादुर पुन ‘खाबपु’ रिमा काउचा मगर, काजिमान पुलामी, धनमाया सोती मगर, उषा अरमजा, हेमा पुन, मेकबहादुर आले, बलविक्रम थापा, दीपक योगी, शंकर सुनुवार, आर्यन लामा, लक्ष्मी श्रेष्ठ, सावित्री राना मगर, नन्दकुमारी अस्लामी, रुपक योगी, सूर्य बहादुर थापा, राजेश गोसाइँ, नरेन्द्र लोम्रे मगर, सविन केसी, शर्मिला राना मगर, डेनिस थापा मगर, युवराज खत्री, धोज मगर, संगीता थापा मगर, सुनिता बुढा, नम्रता पुन, प्रवीण राई, जस्मिन मगर, कुमार राना मगर आदिले अभिनय गरेका छन् ।




