November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

दुर्घटनामा मुख्यमन्त्रीका पिएसओको मृत्यु

3.8K

काठमाडौं – मोटरसाइकल दुर्घटनामा परी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका पर्सनल सेक्युरेटी अफिसर (पिएसओ) को मुत्युु भएको छ।

पिएसओ असई मदनजंग कापरले चलाएको लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई एक ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको धनुषाको एसपी प्रकाश रानाभाटले बताए।

असई कापरको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। मोटरसाइकल ठक्कर दिएपछि ट्रक भने फरार भएको छ।

Advertisement

ट्रक र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।