October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

एनआरएनएमा एकताको आवश्यकता छ: महेश श्रेष्ठ

1.6K

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनमा अध्यक्षका उम्मेद्वार रहेका महेश श्रेष्ठले संघमा एकताको आवश्यकता रहेको बताएका छन् । उनले संघमा अहिले ठूलो विश्वासको संकट रहेको भन्दै सहमति, सहकार्य र एकताको आवश्यकता रहेको बताएका हुन्।

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकबाट अहिलेको नेतृत्वले सबैको विश्वास जित्नु आवश्यक रहेको बताएका छन् । उनले सहमति, सहकार्य र एकता अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरे । उनले दुर्गा भवानी माताले सवै गैरआवासीय नेपालीलाई एकतावद्ध गर्ने सकरात्मक सोच प्रदान गरुन् भन्ने कामना पनि गरेका छन् ।

उनले लेखेका छन्, ‘अहिले गैरआवासीय नेपाली संघमा ठूलो विश्वासको संकट छ । अहिले संघका हामी नेतृत्वहरु प्रति यति अविश्वास छ कि कुनै पनि तर्क वितर्कको कुनै सुनाई हुने अवस्था मैले देखेको छैन । गैरआवासीय नेपाली संघ नित्तान्त सामाजिक संस्था हो र यसलाई प्राविधिक कुरा , तर्क ,वितर्कहरुले मात्र सवैको भावना समेट्न सकिदैन भन्ने कुरा नेतृत्व वर्गले बुझ्नु जरुरी छ । त्यसैले अहिलेको नेतृत्वले सवैको विश्वास जित्नु आवश्यक छ । सहमति , सहकार्य र एकता अहिलेको प्रमुख आवश्यकता हो ।’

Advertisement