November 3, 2024, Sunday
२०८१ कार्तिक १९
1:37:26 pm

आरके शर्मा नेतृत्वको एनआरएनए टोलीको अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट

1.5K

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) का नवनियुक्त अध्यक्ष आरके (राजेन्द्रकुमार) शर्मा नेतृत्व नवनिर्वाचित कार्यसमितिले अर्थमन्त्री डा प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेको छ । शनिवार सम्पन्न एनआरएनएको विश्व सम्मेलनले चयन गरेको शर्माको नेतृत्वको नयाँ कार्यसमितिले महत र साउदसँग छुट्टाछुट्टै भेट गरेको हो ।

अर्थमन्त्रीसँगको भेटमा एनआरएनएको पदाधिकारीको टोलीले रेमिटेन्स रकमलाई उत्पादन मूलक क्षेत्रमा लगाउनुपर्ने, वैधानिक तरिकाले रेमिटेन्स पठाउनेलाई २ प्रतिशत प्रोत्साहन रकम दिनुपर्ने र रेमिट्यान्सको रकम उत्पादन मूलक क्षेत्रमा लगाउन सामूहिक लगानी प्राधिकरण बनाउनुपर्ने माग राखेको थियो ।

अर्थमन्त्री महतले एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका थिए । शुभकामना दिँदै उनले नेपालको आर्थिक विकासको लागि एनआरएनएसँग सहकार्य गरेर अगाडि बढ्ने र रेमिटेन्स रकमलाई उत्पादनमूलक क्षेत्रमा लग्नको लागि आफूले आवश्यक नीति लिने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement

यस्तै साना मझौला स्टार्टअप कम्पनी प्रोत्साहन गर्नुपर्ने सस्तो ब्याजदर ऋण दिने तथा विदेशमा रहेका नेपालीलाई टेलिमेडिसिन स्थापना गराउन माग राखेको थियो । शर्माले नेपालीहरूको हितको कुरा विषयमा आवश्यक पर्ने बजेट विनियोजन गर्न अर्थमन्त्री महतको ध्यानाकर्षण गराएका थिए ।

यस्तै शर्माको टोलीले आइतबार नै परराष्ट्रमन्त्री एनपी साउँदसँग पनि भेटघाट अन्तरक्रिया गरेको छ । परराष्ट्रमन्त्री साउदले शर्मा नेतृत्वमा रहेको एनआरएनएको नवनिर्वाचित कार्यसमितिले राज्यको लागि राम्रो काम थालनी गर्ने लगानी पुँजी, भित्राउने विदेशमा रहेका नेपालीहरूको लागि बृहत्तर हितको लागि काम गर्ने सशक्त रूपमा अघि पु¥याउन सकोस् भन्नेमा आफू विश्वस्त रहेको बताए ।

भेटमा परराष्ट्रमन्त्री साउदले शर्माको नेतृत्वको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदैं आफूहरु सहकार्य गरेर अगाडि बढ्ने जानकारी दिए ।

परराष्ट्रमन्त्रीसँगको भेटमा शर्मा नेतृत्वको टोलीले नेपालीको पासपोर्ट रिन्यू,श्रम स्वीकृति सहजीकरण तथा नेपालमा विद्यार्थी भिसामा विदेशीलाई ल्याउनुपर्ने नीति सहजीकरणको लागि आग्रह गरेको छ ।

कुवेत, इराक माल्टा लगायतका देशमा पासपोर्ट नवीकरण र श्रम स्वीकृतिमा सहजीकरण गरेर समस्या समाधान गर्न शर्माको नेतृत्व टोलीले परराष्ट्रमन्त्री साउदको ध्यानाकर्षण गराएको छ ।

हालै मात्र सरकारले नेपालीको युरोपका केही देशमा दूतावास खोल्ने निर्णय गरेको छ ।

अर्थमन्त्री महत र परराष्ट्रमन्त्री साउँदसँगको भेटमा एनआरएनए अध्यक्ष शर्मासहित एनआरएनएका सल्लाहकार महेश श्रेष्ठ,उपाध्यक्ष गोविन्द श्रेष्ठ,गंगाधर गौतम,खगेन्द्र न्यौपाने,विजय मोक्तान,महासचिव बुद्धिसागर सुवेदी,सचिव टंक गैरे,कोषाध्यक्ष ठाकुर ढुंगाना,एनसीसी बेल्जियम अध्यक्ष सीता सापकोटा,एनआरएन अभियन्ता डिबी क्षेत्री,नारायण आचार्य,युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा लगायत अभियन्ताहरू सहभागी थिए ।