October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

एनआरएन विभाजित, आरके शर्माको नेतृत्वमा समानान्तर कमिटी घोषणा

1.6K

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) विभाजित भएको छ । संघको ११औँ विश्व सम्मेलनमा नेतृत्वको लागि भएको मतदानमा धाँधली भएको भन्दै अध्यक्षका उम्मेदवारद्धय आरके (राजेन्द्र कुमार) शर्मा र महेश श्रेष्ठले परीणाम अस्विकार गर्दै आरके शर्माको नेतृत्वमा समानान्तर कमिटी घोषणा गरेका हुन् ।

होटल हिमालयमा शनिबार पत्रकार सम्मेलन गर्दै सो समूहले गरेको शर्मा नेतृत्वको समानान्तर कार्यसमितिमा उपाध्यक्षहरुमा डा. केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केसी रहेका छन् । त्यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासिद रहेका छन् ।

यस्तै, महासचिवमा बुद्धीसागर सुवेदी छन् । उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला छन् । त्यस्तै, सचिवमा लोकप्रसाद दाहाल, कृष्ण जीवी पन्त, टंक गैरे, दयानिधि सापकोटा, राम पोखरेल र केपी सिटौला छन् । समितिको कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना रहेका छन् भने सहकोषाध्यक्षमा तिलक गैरे, मोहम्मद मुसलमान, सीपी पौडेल र कृष्ण तिम्सिना छन् ।

Advertisement

यसैगरी महिला सचिवमा विमला सापकोटा, महिला सह कोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले, युवा संयोजकमा रविन अधिकारी तथा महिला संयोजकमा देवीका केसी गुरुङ रहेका छन् । शर्माले आफू नेतृत्वको यही कार्यसमिति नै आधिकारिक रहेको दाबी गरेका छन् । डा केसीले भने आफू नेतृत्वको एनआरएनए नै आधिकारिक भएको बताएका छन् ।