March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

एनआरएनए अध्यक्षका उम्मेदवार रविना थापाले गरिन् उम्मेदवारी फिर्ता

1.7K

काठमाडौं। गैरआवासीय नेपाली संघको २०२३-२५ कार्यकालका लागि अध्यक्ष पदकी उम्मेदवार रविना थापाले आफ्नो उम्मेदवारी फिर्ता गरेकी छन् । उनले अध्यक्ष पदका अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन्। 

बुधबार बेलुकी एक प्रेस वक्तव्य जारी गर्दै थापाले संघलाई एकताबद्ध गर्न आफूले त्यस्तो निर्णय गरेको बताएकी छन् । उनले वक्तव्यमा भनेकी छन्, ‘अध्यक्ष पदका उम्मेदवार श्री महेश कुमार श्रेष्ठले आफु निर्वाचित भएको तीन महिनाभित्रै संघलाई एकताबद्ध गर्ने स्पष्ट कार्य योजना अगाडी सार्नु भएकोले म त्यसको स्वागत र समर्थन गर्दछु।  संघभित्र एकता पक्षधर बलियो बन्नु भनेको संघलाई नै बलियो बनाउनु हो।  त्यसैले मैले अध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी स्थगित गर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छु।’

pinup pin up pin up pinup

यसअघि २०२१-२३ कार्यकालका लागि सहमतिको आधारमा अध्यक्षमा चयन भएकी थापाले निर्वाचित अध्यक्ष भएर दोश्रो कार्यकालका लागि उम्मेदवारी दिने जनाएकी थिइन्।

Advertisement