February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

एनआरएनएमा १८ बर्ष विताएका केपी सिटौलालाई सचिवमा विजयी गराउन विश्वव्यापी अभियान

1.3K

काठमाडौं । कोरियामा बसेर गैरआवासीय नेपालीहरुको मुद्दामा लामो समयदेखि क्रियाशील केपी सिटौलाले एनआरएनएको काठमाडौंमा जारी ११औं महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिएका छन् । दक्षिण कोरियामा रहेर व्यवसाय गर्दै आएका सिटौला विदेशमा नेपाली कला र संस्कृतिको प्रवद्र्धन पनि सक्रिय छन् ।

‘गुम्दै गरेको एनआरएनएको शाखलाई जोगाऔं, गर्व गर्न लायक प्रवासी नेपालीहरुको साझा संस्था बनाऔं’ भन्ने मूला नारासहित उनले सचिब पदमा उम्मेदवारी दर्ता गराएर चुनावी अभियानलाई तिब्रता दिएका छन् । उनी अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठको टिमबाट सचिबमा बलिया उम्मेदवार मानिन्छन् ।

उनी एनआरएनए एनसीसी कोरियाका संस्थापक अध्यक्ष ९२००६–२००७०साथै एनआरएनए एनसीसी कोरियाका अध्यक्ष (२०११–२०१३) हुन् । त्यसैगरी उनी एनआरएनए आइसीसी सदस्य (२०१३–२०१५ र २०१५–२०१७) हुन् । त्यसैगरी सन् २००२ देखि निरन्तर रुपमा नेपाल पर्यटन बोर्ड कोरियाको मानार्थ दूतका रुपमा सक्रिय छन् ।

Advertisement

१८ बर्ष एनआरएनए अभियानमा विताएका सिटौला सामाजिक काममा पनि सक्रिय छन् । उनले कोरियामा दुःख पाएका दर्जनौं नेपाली र नेपालमा विपत पर्दा सहयोग जुटाउँदै आएका छन् । मनकारी सिटौलाले आफूले पढेको झापा गौरादहस्थित विद्यालयमा २०१० बाट शुरु गरेको कम्प्युटर शिक्षा अभियान अहिले ११ वटा सरकारी विद्यालयमा कम्प्युटर कक्षा संचालनमा सहयोग गरिसकेका छन् भने मासिक २१२ जना विद्यार्थीलाई छात्रबृत्तिमा सहयोग गर्दै आइरहेका छन् । उनले अन्य विभिन्न क्षेत्रमा सहयोग अभियान संचालन गरिरहेका छन् ।

मंगलबारदेखि काठमाडौंको होटल सोल्टीमा शुरु भएको एनआरएनएको महाधिवेशनमा विहीबार मतदान हुँदैछ । अनलाइन र भौतिक रुपमा हुने मतदानको परिणाम शुक्रबारसम्म आइसक्ने निर्वाचन समितिले जनाएको छ ।