March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

एनआरएनए युरोप क्षेत्रको महिला उपसंयोजकमा भवानी तिवारी निर्विरोध

1.8K

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रको महिला उपसंयोजकमा अष्ट्रियाकी भवानी तिवारी निर्विरोध निर्वाचित भएकी छन् । गैरआवासीय नेपाली संघ निर्वाचन समितिले सोमबार प्रकाशन गरेको सूचना अनुसार युरोप क्षेत्रको महिला उपसंयोजकमा तिवारीको मात्रै उम्मेदवारी परेसँगै २०२३–०२५ को कार्यकालका लागि उनी निर्विरोध निर्वाचित भएकी हुन् ।

यसअघि एनआरएनए अष्ट्रियाको अध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकी तिवारी सन् २००७ देखि एनआरएनएमा सक्रिय छिन् । पंंजीकृत सदस्य हुँदै उनले अष्ट्रियामा २०१७–२०१९ महिला संयोजक, २०१९–२०२१ महासचिव र २०२१–२०२३ अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेकी छन् ।

सोही अनुभवको आधारमा केन्द्रको जिम्मेवारी निर्वाह गर्न सक्ने आत्मविश्वासको साथ युरोप क्षेत्रको महिला उपसंयोजकमा उम्मेदवारी दिएकी उनी निर्विरोध निर्वाचित भएकी हुन् ।

Advertisement

एनआरएनएमा आफ्नो प्रत्येक कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकी तिवारी समाजसेवी समेत हुन् ।

एनआरएनएको विश्व सम्मेलन तथा ११ औँ महाधिवेशन सुरु भएको छ । महाधिवेशलाई मंगलबार काठमाडौंमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् ।

एनआरएनएको २०२३–०२५ कार्यकालका लागि विहीबार निर्वाचन हुँदै छ । जसमा रसियाबाट डा बद्री केसी, जापानबाट महेश कुमार श्रेष्ठ, अमेरिकाबाट रबिना थापा र कतारबाट राजेन्द्र कुमार शर्मा गरी ४ जना अध्यक्ष्का प्रत्यासी रहेका छन् । यस्तै, उपाध्यक्षका १८ जना प्रत्यासी छन् ।