February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

एनआरएनए अध्यक्षका प्रत्यासी आरके शर्माका ‘२४ महिना २४ बाचा’ सार्वजनिक

1.6K

काठमाडौं । गैरआवासीय नेपाली संग (एनआरएनए)को अध्यक्षका प्रत्यासी राजेन्द्रकुमार (आरके) शर्माले आफ्नो धारणा सार्वजनिक गरेका छन् । शुक्रबार लाजिम्पाटस्थित होटेल दुसित प्रिन्सेसमा पत्रकार सम्मेलन गर्दै कार्कीले २०२३-०२५ कार्यकालका लागि ‘२४ महिना २४ बाचा’ बचापत्र सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनद्वारा आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले ‘एनआरएनहरुबीचको एकता’ आफ्नो पहिलो बाचा रहेको बताए । एनआरएनएको उदेश्य पवित्र भएको हुँदा यस्तो पवित्र उदेश्य बोकेको संस्था २ वटा हुनै नसक्ने उनले बताए ।

यस्तै, वैदेशिक रोजगार : दक्ष जनशक्ति, सुरक्षित वातावरण, सामाजिक सुरक्षा, हाम्रो नीति : सुधारौं श्रमिकको आर्थिक स्थिति, विप्रेषणको प्रयोग कहाँ, उत्पादनमूलक उधम हुन्छ जहाँ, एनआरएनएको निरन्तर खटन: ‘गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ गठन, मानव संशाधन: सबलीकरणयुक्त कार्यसम्पादन, सांगठनिक पुनर्संरचना : कार्यदलबाट गहन योजना, संस्थागत सुशासन : शून्य सहनशील स्वअनुशासन, एनआरएनए निर्वाचन: सबैले गर्न पाऊन् मतदान, आर्थिक कुटनीति : लगानी प्रबर्द्धन मुख्य नीति,
गरौं उच्चतम प्रयोग सूचना प्रविधि : हुन्छ विकास र समृद्धि, गैरआवासीय सरोकार जहाँ भए पनि नागरिकता र मताधिकार, नेपाल समृद्धिको दस्ता: गैरआवासीय दोस्रो पुस्ता, अबको समृद्धि :जगेर्ना गरौं भाषा र संस्कृति, एनआरएनए शक्ति : अधिकार सम्पन्न एनसीसी,
विदेशमा सिकेको ज्ञान : देश निर्माण अभियान, देश विकासको बल: एक एनसीसी, हजार पर्यटक, घटाऔं वैदेशिक श्रम, फर्किनेलाई स्वरोजगार कार्यक्रम,अग्रजलाई सम्मान : युवा परिचालन र विज्ञबाट ज्ञान, नेपाली धन, नेपाली श्रम : अबको उद्यम, समावेशी अभियान: महिला सदस्यलाई प्रोत्साहन, विस्तार कार्यक्रम प्रभावकारी सञ्चार व्यवस्थापन तथा सम्बन्ध, योजनाबद्ध कार्यान्वयन : न्यायपूर्ण कार्यसम्पादन मूल्यांकन उनका बाचाहरू रहेका छन् ।

Advertisement

मध्यपूर्वलाई युरोप लगायतका क्षेत्रले सहयोग नगर्ला कि ? भन्ने पत्रकारको प्रश्नको जवाफ दिदै शर्माले एनआरएनए सबै जात धर्म उठ्न मिल्ने साझा चौतारी भएको बताए । तर, कस्ले नेतृत्व हत्याउने भन्ने दाउमा केही राजनीतिज्ञहरूले खेल्न खोजेको उनले आरोप थियो । ‘सबैभन्दा धेरै मतदाता भएको क्षेत्र र सबैभन्दा धेरै रेमिट्यान्स पठाउने पनि मध्यपूर्वमा रहने श्रमिकहरू नै हुन् । के त्यहाँ तपाइहरूको भोटर्स् छैनन् ?’, शर्माको प्रश्न थियो। उनले एनआरएन सम्पूर्ण नेपाली दाजुभाइको साझा टिम रहेको बताए ।

अध्यक्षका प्रत्यासी शर्माका प्यानलमा उपाध्यक्षका प्रत्यासी खगेन्द्र न्यौपाने, राजु रेग्मी ‘राज’, गोबिन्द प्रसाद श्रेष्ठ, विजय मोक्तान, अभिमान सिंह बस्नेत, शशिकान्त पौडेल रहेका छन् । यस्तै, युवा तर्फका उपाध्यक्ष अब्दुल बासित् रहेका छन् भने उपमहासचिवमा प्रविण गुरुङ, सचिवमा लोक दाहाल, खुलातर्फको सचिव मनोज कुमार श्रेष्ठ गोर्खाली, सचिव टंक गैरे, आरसी पोलागी, कोषाध्यक्षमा ठाकुर ढुंगाना र महिला संयोजकमा देबकी केसी रहेका छन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपाध्यक्षका प्रत्यासी शाशिकान्त पौडेलले आरके शर्मा एक कुसल नेतृत्वकर्ता रहेको बताए । उनले एनआरएनए एक अभियान रहेको बताउदै राजनीतिक रंगको नाममा यस अभियानलाई दुषित गर्ने अधिकार कसैलाई नभएको उनको भनाइ छ ।

यस्तै, एनआरएनएका उपाध्यक्ष डिबी क्षेत्रीले एनआरएन एउटा साझा चौतारी भएको बताए । ‘एनआरएनए विभिन्न देशमा बस्ने नेपालीलाई जोड्ने चौतारी हो । यसलाई सामुहिक संस्था बनाउनुपर्छ भनेर म यसको उपाध्यक्ष सम्म बनें’, उनले भने । तर, एनआरएनए गैरराजनीतिक संस्था भएको तर चुवान भने राजनीति हुने गरेको उनले बताए । उनले यसपाली मध्यपूर्वका आरके शर्मा समूहलाई जिताउन उनले अपिलसमेत गरे ।

कार्यक्रममा सचिवको उम्मेदवार मनोजकुमार श्रेष्ठ गोर्खालीले एनआरएनएमा प्रवेश गरि २२ लाख नेपालीहरूको प्रतिनिधित्व गर्दै मध्यपूर्व संयोजकको काम गरेको बताउदै अब संसारभरका ८० लाख नेपालीको सारथी बन्ने अठोट गरेको बताए भने अर्का उम्मेदवार आरसी पोखरेलले आफ्ना टिमले ल्याएको एजेन्डा नै आफ्नो एजेन्डा मानेको बताए । यदि आफू निर्वाचित भएको खण्डमा एनआरएनएको मिटिङको प्रक्रियादेखि संरचनामासमेत काम गर्ने बताए ।

यस्तै, सचिवका प्रत्यासी टंक गैरे, लोक दाहाल, उपमहासचिवका उम्मेदवार प्रविण गुरुङ, युवा संयोजक उम्मेदवार अब्दुल मसिद, महिला संयोजक उम्मेदवार देबकी केसी, उपाध्यक्ष प्रत्यासी अभिमानसिंह बस्नेत
रुबिन्द प्रसाद श्रेष्ठ, खगेन्द्र न्यौपाने लगायतले आफ्ना उम्मेदवारी बारे बोलेका थिए ।

कार्यक्रम संचालक जगदीश खरेलले संचालन गरेको कार्यक्रममा प्यालेस्टाइन र इजरायलको द्वन्दमा परी मृत्यु हुने नेपाली विद्यार्थीहरूको सम्झनामा मौनधारण समेत गरिएको थियो।