March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

एनआरएनएको ११ औं महाधिवेसनको लागि ७ हजार २ सय प्रतिनिधि आवेदन

1.3K

लण्डन ।  गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिवेसनको लागि ७ हजार २ सय प्रतिनिधि आवेदन परेको छ । तोकिएको समय सिमा अगष्ट २० भित्र उक्त संख्यामा केन्द्रीय प्रतिनिधि बन्न आवेदन दिएका हुन् ।

एनआरएनएका अनुसार सो महाधिवेशनमा करिब ४ हजार २ सय जनाले भाग लिन पाउने छन् । ती आवेदन माथि छानविन गर्नको लागि सम्बन्धित देशमा प्रतिनिधिको नाम पठाएको जनाइएको छ । एनआरएनको विधान अनुसार पहिलो चरणमा संघका पूर्वपदाधिकारीहरु रहेका ९० प्रतिशत प्रतिनिधिहरु चयन हुने भएका छन् ।

पहिलो चरणमा आवेदन दिएका प्रतिनिधिहरु र संघका राष्ट्रिय समितिले छनोट गर्ने १० प्रतिशत प्रतिनिधिको नामावली एकै पटक अगष्ट ३१ तारिख नेपालको समय ४ बजे भित्र संघको केन्द्रीय सचिवालयमा पठाउन एनसीसीलाई अनुरोध गरिएको छ ।

Advertisement

संघको ६४ पदको लागि आगामी अक्टोवर महिनामा हुने निर्वाचनमा ती प्रतिनिधिहरुले उम्मेदवार बन्न र मदतान गर्न पाउने छन् ।