November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

एनआरएनए कुवेतको ८ औं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा रणध्वज लामा

2.2K

कुवेत । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कुवेतको ८ औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा पुन: रणध्वज लामालाई निर्वाचित गरेको छ ।

यस्तै, आइसीसी सदस्यमा हरि लावती, वरिष्ठ उपाध्यक्षमा मान बहादुर तामाङ र होमनाथ गिरि निर्वाचित भएका छन् भने महिला उपाध्यक्षमा रमिता तामाङ उपाध्यक्षमा मोहन राई, दामोदर बटाला, बिकाश बहादुर सिंह, निरन्जन सिंह ठकुरी, महासचिवमा मनिश केसी, सचिवमा बिजय धामी, मन कुमार राई, कोषाध्यक्षमा सोनाम लामा, सहकोषाध्यक्षमा जीवन निरौला निर्वाचित भएका छन् भने  युवा संयोजकमा आङ नोर्बु शेर्पा, महिला संयोजकमा सजिना गुरुङ युवा सह संयोजकमा छेनाम तामाङ, महिला सहसंयोजकमा माया देवी राई पाण्डे निर्वाचित भएका छन् ।

कार्यसमितिको सदस्यहरुमा सुर्य कुमार लामा, दुर्गा कुमारी ओली,रुपक थापा, मोहम्मद आलम्गिर अन्सार, राजु पुन मगर, राजु धिमाल, प्रकाश राई, उमेश राई, अशोक साह सोनार, लाल बहादुर सुनुवार, सुब्बा फ्युबा तामाङ, पेमा दोर्जे लामा,चित्र बहादुर थापा निर्विरोध निर्वाचित निर्वाचित भएका छन् ।

Advertisement