January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

कुवेतमा नेपाली दूतावासको पहलमा मृत्यु र घाईते नेपालीहरुलाई करिब ८१ लाख क्षतिपूर्ति

3.3K

कुवेत । कुवेत स्थित नेपाली राजदुतावास कुवेतको पहलमा कुवेतमा विभिन्न कारणले मृत्यु र घाइते भएका नेपालीहरुको क्षतिपूर्ति स्वरुप ८१००८५१६.१७/- ८१ लाख आठ हजार पाँच सय सोह्र रुपैया १७ पैसा सम्बन्धित निकाय मार्फत नेपाल पठाएको छ ।

नेपाली राजदूतावास कुवेतले जारी गरेको प्रेस बिज्ञाप्ती जनाए अनुसार राजदूतावासको निरन्तर प्रयत्नको फलस्वरुप गत आर्थिक वर्षमा क्षतिपूर्तिबापतको बिमा रकम, बाँकी तलब, सेवावापत पाउने रकम इत्यादि गरी जम्मा कुवेती दिनार १,८५,५०४.९८४ , अर्थात ८१ लाख आठ हजार पाँच सय सोह्र रुपैया १७ पैसा नेपाली रुपैया प्राप्त भएको हो ।

गत आर्थिक बर्षमा ६७ जना नेपाली नागरिकको क्षतिपूर्तिबापतको बिमा रकम, बाँकी तलब, सेवावापत पाउने रकम पाएको जनाएको छ ।

Advertisement