February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

विदेशमा बस्दै आएका नेपालीले नेपाललाई ठूलो सहयोग गर्दै आएको छ: मन्त्री राणा

760

वासिङटन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विदेशमा बस्दै आएका नेपालीले नेपाललाई ठूलो सहयोग गर्दै आएको बताएकी छन्।

न्यूयोर्कमा नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै विभिन्न पेसा, व्यवसाय, अध्ययन तथा विविध कामको सिलसिलामा विदेश रहेका नेपालीहरूले नेपालमा आइपरेका अनेकन विपत्तिको घडीमा महत्त्वपूर्ण सहयोग गर्दै आएको बताएकी हुन् ।

छलफलमा कार्यक्रममा बोल्दै मन्त्री राणाले भनिन्, “विदेशमा बस्ने नेपालीले भूकम्प, कोरोना महामारी तथा अन्य कतिपय अवस्थामा उल्लेखनीय सहयोग गर्नुभएको छ।”

Advertisement

यस्तै, मन्त्री राणाले एनआरएनभित्र देखापरेका विभिन्न विवादका कारणले केही असर परेको भए पनि डायस्पोरा समेट्ने गरी मन्त्रालयमा एउटा अलग्गै इकाइ बनाएर काम गर्ने बताइन्।

उनले अमेरिकामा रहेका नेपालीलाई केकसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा सल्लाह र सुझाव पेस गर्न आग्रहसमेत गरेकी थिइन् ।

संविधानले दिएका हकअधिकारको कार्यान्वयका लागि आफूले पहल गर्ने बताउँदै मन्त्री राणाले विदेशमा रहेका नेपालीले हासिल गरेको सीप, प्रविधि र पुँजीलाई आफ्नो मातृभूमिको रुपान्तरणमा प्रयोग गर्न अनुरोध गरिन्।