February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

अमेरिकामा कारको ठक्करबाट एक नेपालीको मृत्यु

1.7K

काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करमा परी एक नेपाली महिलाको मृत्यु भएको छ । रक्डेल सिटीनजिकै बिहीबार साँझ ट्रकको ठक्करबाट घाइते भएकी प्रमिला सुवेदीको मृत्युु भएको हो ।

स्रोतकाअनुसार रक्डेल सिटीनजिकै छोरालाई विश्वविद्यालय पुर्‍याएर फर्किने क्रममा प्रमिलाले आफैले चलाएको कारलाई ट्रकले ठक्कर दिएको थियो। सुवेदीको घटनास्थलमै मृत्यु भएको हो ।

प्रमिला एनआरएन आइसीसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी धर्मपत्नी हुन् । सुवेदी दम्पती दुई दशकदेखि अमेरिकाको टेक्सासमा बस्दै आएका थिए। उनीहरुको लदुई छोराहरु रहेका छन्।

Advertisement