March 8, 2026, Sunday
२०८२ फाल्गुन २४
1:37:26 pm

एनआरएनए अमेरिकाको युवा उपाध्यक्षमा अनुप खनालको उम्मेदवारी घोषणा

6.1K

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको युवा उपाध्यक्षमा अनुप खनालले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिका सचिव रहेका उनले “युवाहरुको बृहत सहभागिता, संस्थाको दिगो सफलता” नारासहित आगामी कार्यकालका लागि उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

एक विज्ञप्ति जारी गर्दै एनआरएनएलाई थप उचाइमा पुर्याउन आफूले उम्मेदवारी दिएको उनले बताएका छन् । वर्तमान कार्यसमितिमा सफल सचिव खनालले गफ गर्नलाई होइन काम गर्नलाई आफ्नो उम्मेदवारी दिएको उनले बताए ।

pin up pinup

‘आगामी २०२३–२०२५ नेतृत्वको लागि युवा उपाध्यक्ष पदमा उमेदवारी घोषणा गर्ने निर्णयमा पुगेको छु । मलाई आशा र विश्वास छ, मेरो यो निर्णयलाई यहाँहरू सम्पूर्णले सकारात्मक रुपमा लिई मैले विगत र वर्तमानमा नेपाल र नेपाली समुदाय प्रति गरेका कामहरुको मुल्यांकन गर्दै र हिजोका दिन देखि आज सम्म जसरी यहाँहरु सम्पूर्णले मलाई अपार माया साथ, सहयोग, समर्थन दिनुभयो त्यसरी नै आज पनि र भविष्यमा पनि दिनुहुनेछ भन्ने अपेक्षा पनि लिएको छु ।’, जारी विज्ञप्तिमा भनिएको छ ।

Advertisement

करिब १६ बर्ष अगाडि उच्च शिक्षा हासिल उदेश्यले अमेरिका पुगेको उनी एनआरएनएको बोर्ड सदस्य, केन्द्रीय स्तरमा स्टुडेन्ट टास्क फोर्सको सह–संयोजक, हाल वर्तमान कार्य समितिमा सचिव हुँदै उपाध्यक्षको उम्मेदवार बनेका हुन् ।