June 12, 2024, Wednesday
२०८१ जेष्ठ ३०
1:37:26 pm

साउदीमा लिम्बुवान फुटबल क्लब गठन, अध्यक्षमा इजम

560

दमाम । साउदी अरब दमाममा लिम्बुवान फुटबल क्लब गठन गरिएको छ । संघीय लिम्बुवान सामाजिक मञ्च साउदी अरबको मातहतमा रहनेगरी उक्त क्लब गठन गरिएको हो ।

गत शुक्रबार एक भेलाको आयोजना गरी प्रेम इजमको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति चयन गरिएको छ । समितिको बरिस्ठ उपाध्यक्षमा रतन राई, उपाध्यक्षहरूमा मनोज राई, प्रकाश काप्री, सचिवमा तुलसी लिम्बू, सह-सचिवमा हेम मगर, अर्थसचिवमा शुक्र लिम्बू, सहअर्थसचिवमा लोक लिम्बु चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा मनकुमार बिश्वकर्मा, राम सुनार, राजेश भन्डारी, अर्जुन राई, हेम राई, दिपेन लिम्बू, सबिन लिम्बू, सुरज लिम्बू, राजेश एक्तेन लिम्बू, अशोक राई, सुरेश फियाक, बिजय धिमाल, सुरेश लिम्बू, जोगेन्द्र मगर, इन्द्र लिम्बू र गणेश  सुनार रहेका छन् ।

Advertisement

क्लबको संरक्षकमा श्रीप्रसाद यावा लिम्बू, प्रमुख सल्लाहकारमा राजेश सेन्दाङ, सल्लाहकारहरूमा मनि चेम्जोङ, लोकेन्द्र फियाक र सुमन सहयात्री रहेका छन् ।

लोकेन्द्र फियाकको अध्यक्षतामा सम्पन्न उक्त भेलाको प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सचिवालय सदस्य श्रीप्रसाद यवा लिम्बुको रहेका थिए ।