ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टीकोले काठमाडौं उपत्यकामा ‘घण्टी अभियान’ सुरु गरेको छ ।
पार्टीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा जनसम्पर्क तथा घण्टी अभियान सुरु गरेको हो ।
अभियान शनिबार बिहान पशुपतिनाथबाट सुरु भई उपत्यकाका विभिन्न स्थान हुँदै साँझ वनस्थली चोकस्थित केन्द्रीय कार्यालय (घण्टी घर)मा समापन हुनेछ।
आज दिनभरि काठमाडौं उपत्यकाका मुख्य सडक तथा चोकहरूमा र्यालीसहित अभियान सञ्चालन गरिने छ ।
कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाहलगायत नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको छ।