March 8, 2026, Sunday
२०८२ फाल्गुन २५
1:37:26 pm

अरुण नदीको बेलिब्रिज भत्कियो

२०८२ फाल्गुन १६

405

काठमाडौं । संखुवासभाको मकालु गाउँपालिकामा अरुण नदीमा हालिएको बेलिब्रिज भत्किएको छ ।

मकालु गाउँपालिकाको वडा नम्बर ५ र २ को सिमानास्थित नुम–सेदुवा भित्री सडक खण्डमा पर्ने अरुण नदीमाथिको बेलिब्रिज भत्किएको हो ।

pin up pinup

बेलिब्रिज भत्किँदा ट्रक नदीमा खसेको छ । ट्रक अरुण नदीमा खस्दा ट्रक चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

Advertisement

घाइते ट्रक चालक अर्जुन श्रेष्ठलाई उपचारका लागि हेलिकप्टरबाट ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।