February 28, 2026, Saturday
२०८२ फाल्गुन १६
1:37:26 pm

कांग्रेसले आज मधेसका चार जिल्लामा चुनावी सभा गर्दै

२०८२ फाल्गुन १६

100

काठमाडौं । नेपाली कांग्रेसले शनिबार मधेसका चार जिल्लामा चुनावी सभा गर्दैछ। सर्लाही, रौतहट, बारा र पर्सामा आज हुने चुनावी सभालाई सभापति गगन थापाले सम्बोधन गर्नेछन्।

सभापति थापा सर्लाहीको लालबन्दी, रौतहट र बारा हुँदै पर्साको वीरगञ्ज पुग्नेछन् भने आइतबार फागुन १७ गते काठमाडौँ उपत्यकामा हुने कार्यक्रममा सम्बोधन गर्नेछन् ।

सभापति थापाले गत बिहीबार सुर्खेत र बाँकेको चुनावी सभालाई सम्बोधन गरेका थिए ।

Advertisement

त्यस्तै सभापति थापाले शुक्रबार रुपन्देही, कपिलवस्तु, बाग्लुङ र कास्कीमा भएको चुनावी सभालाई सम्बोधन गरेका थिए।