April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

साउदीमा ‘मुदिर हुँ’ भन्दै सोझा नेपालीलाई ठग्दै

2.5K

रियाद । साउदीमा रहँदै आएका एक नेपालीले ‘मुदिर हुँ, मेरो आफ्नै कम्पनी छ’ भन्दै सोझा नेपालीहरूलाई ठग्ने गरेको पाइएको छ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका-४ सुनसरी स्थायी घर भई हाल साउदी बस्दै आएका बरुवालद्वारा आफूहरू ठगिएको पीडितहरूले आरोप लगाएका छन् ।

बरुवालले धेरै बर्षदेखि साउदी अरबमा सप्लायर्स कम्पनी खोलेर हजारौं नेपाली श्रमिकहरूलाई ठग्दै आएको पीडितहरूको आरोप छ । दमामस्थित नेपाली एम्बेस्सीको सेल्टरमा रहेका पीडितहरूले बरुवालले आफ्नै कम्पनीको लागि भन्दै आफै अन्तर्वार्ता लिएर नेपालबाट साउदी ल्याएको र त्यसपछि आफूहरूलाई इलिगल तरिकाले काममा सप्लाई गर्ने गरेको बताएका छन् ।

‘इलिगल पासपोर्टकै आधारमा वहाँले भागेर काम लगाएर अहिले १३ महिना पुगिसकेपछि चाहीँ काम लगाउन सक्तिनँ, केही गर्न सक्तिनँ भन्दै वहाँले नै दुतावासको सेल्टरमा पुर्‍याएको हो । पाँच पहिनाको तलब दिन बाँकी नै छ’, एक भिडियोमा भनिएको छ ।

Advertisement

उनीहरूले कम्तिमा १ लाख ७० देखि २ लाखसम्म तिरेर साउदी आएको बताउछन् ।

बरुवालले सन् २००४ देखि नै यस्तो गैरकानुनी काम गर्दै आएको पाइएको पनि भिडियोमा बताइएको छ । केही समाजसेवी तथा सामाजिक संघसंस्थाको आडमा दलाली काम गर्ने गरेको उनीहरूको आरोप छ ।

“साउदीमा यसरी साह्रै धेरै ठगिने गरेका छन्, तर बोल्ने कसैको आँट छैन। त्यहाँबाट निजी सप्लाई कम्पनीका मान्छेहरू नेपाल आउछन्, नेपालबाट सोझा मान्छेहरू छानेर लैजान्छन् र त्यहाँका मुदिर/कपिललाई तलबको पचास प्रतिसत आफूले लिएर कामदार बेच्छन्”, साउदीबाट भर्खरै फर्किएका एक नेपालीले भने,” एककिसिमले मानव तस्कर नै हुन्छ ।”

बरुवालको पनि रिहाबमा आर्कन हुड सप्लायर्स कम्पनी रहेको पाइएको उक्त भिडियोमा उल्लेख छ । उनले भारतीयको शेयरमा काम गर्ने गरेको आरोप छ ।

भिडियो