May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
1:37:26 pm

एनआरएनए थाईल्याण्डमा पुनः भविन्द्र बस्नेत

1.3K

थाईल्याण्ड । गैरआवासीय नेपाली संघ(एनआरएनए) थाईल्याण्डको आगामी दुई बर्षे कार्यकालको लागि अध्यक्षमा भविन्द्र बस्नेत निर्विरोध निर्वाचित भएका छन् । बस्नेत अघिल्लो कार्यकालको पनि अध्यक्ष थिए ।

सामाजिक काममा निकै अग्र भागमा रहेका बस्नेतलाई सवैले समर्थन गरेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचनका लागि भएको मनोनयनमा अध्यक्षमा बस्नेतको मात्र अध्यक्षमा उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । यस्तै कार्यसमितिको उपाध्यक्षमा क्रमशःआतिश कृष्ण श्रेष्ठ,दानराज अधिकारी,राम गौतम, सरोज खनाल, महासचिवमा निरज वैद्य, सचिवमा राज बहादुर साउँद र अमित सिंह दाहाल, युवा संयोजकमा भूषण सिंह नेपाली श्रेष्ठ, महिला संयोजकमा सञ्जना तिम्सिना निर्विरोध निर्वाचित भएका छन् ।

Advertisement

यसैगरी सदस्यहरुमा क्रमशः अतीत कोइराला,पवन तुलाधर,सरसिङ गुरुङ,राजु बलामी, सोमफोप सुवेदी,हेमलाल खनाल रहेका छन् । यस्तै अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा महेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न महाधिवेसनमा नेपाली राजदुतावासका प्रथम सचिव खगराज पाण्डे, एशिया प्याशिफिक संयोजक पारसमणी पोखरेल, थाई नेपाली संघका पदाधिकारीहरुको उपस्थिति थियो ।