काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को प्रवक्तामा सोम सापकोटा चयन भएका छन्।
११ औं महाधिवेशनमा उपमहासचिव निर्वाचित भएका सपकोटा एनआरएनएको १२ औ महाधिवेशनबाट प्रवक्ता चयन भएका हुन्।
सन् १९९६ देखि रोजगारिको सिलसिलामा विभिन्न देश गएका सापकोटा २०१७ देखि बेलायतमा व्यवसाय गर्दै आएका छन्।
अहिले भने नेपालमै उत्पादन भएका र बनेका सामाग्रीहरु विश्वका विभिन्न देशमा लैजान्छन्।
उनले हस्पिटालिटी क्षेत्रमा एकल तथा सामुहिक लगानी गरेका छन्।उनले चितवनको मेघौलीमा रिसोर्ट बनाइरहेका छन्।