March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

अस्ट्रियामा सगरमाथा आरोहण गरेका अस्ट्रियन नागरिकहरूलाई सम्मान

2.5K

काठमाडौं । अस्ट्रियामा विभिन्न समयमा नेपालस्थित विश्वको सर्वोच्च शिखर ‘सगरमाथा’ आरोहण गर्ने अस्ट्रियन नागरिकहरूलाई सम्मान गरिएको छ । १७ फेब्रवरीका दिन अष्ट्रीयाको इन्स्ब्रुक शहरमा एक कार्यक्रमको आयोजना गरी पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने तथा सगरमाथा आरोहीहरुलाई सम्मान गरिएको हो ।

नेपाली राजदुतावास भियानाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अस्ट्रियन तथा अस्ट्रियावासी नेपाली नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो । ‘संभवत यो पहिलोपटक अस्ट्रियन नागरिकहरुको उपस्थितमा अस्ट्रियावासी नेपालीहरुले आफूलाई अस्ट्रियामा बसोवास गर्ने नेपालीहरु भनेर चिनाउँने अवसर पाएको हुन सक्छ ।’, एनआरएनए अस्ट्रियाकी अध्यक्ष भवानी तिवारीले बताइन् । कार्यक्रममा एनआरएनए अस्ट्रियाका आइसीसी सदस्य विकास कार्कीको पनि उपस्थिति रहेको थियो ।

तस्वीरमा क्रमशः वायाँबाट एनआरएनए अस्ट्रिया अध्यक्ष भवानी तिवारी, नेपाली राजदुतावास अस्ट्रियाका राजदुत भरतकुमार रेग्मी, श्रीमती शान्ती रेग्मी र व्यवसायी तथा सगरमाथा आरोही आङकामी शेर्पा

अस्ट्रियन नागरिकहरुसँगै अस्ट्रियावासी नेपाली आङ्कामी शेर्पा पनि सम्मानित भएका थिए । अस्ट्रियामा व्यवसाय गर्दै आएका काङ्कामी शेर्पाले गत वर्ष सगरमाथा आरोहण गरेका थिए । उनी एनआरएनए अस्ट्रियाका क्षेत्रीय कमिटि एलसीसी टिरोलका पूर्व अध्यक्षसमेत हुन् ।

Advertisement

उक्त कार्यक्रममा एनआरएनए अस्ट्रियाको ठूलो भूमिका नरहेतापनि कार्यक्रममा उपस्थिति जनाउन पाउँदा खुशी लागेको अध्यक्ष तिवारीले बताइन् । कार्यक्रमप्रति गर्व महशुस भएको भन्दै तिवारीले इन्स्ब्रुकवासी सम्पूर्णप्रति नमन व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा भियानाबाट नृत्यका लागि बेला खड्का र लारिसा तामाङको उपस्थिति रहेको थियो ।