December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

एनआरएनए अष्ट्रियाले आयोजना गर्यो बनभोज तथा हाजिरीजवाफ प्रतियोगिता

8.8K

एनआरएनए अष्ट्रियाको आयोजनामा युवा संयोजक महेन्द्र लिम्बुको संयोजकत्वमा हाजिरीजवाफ प्रतियोगिता र उपाध्यक्ष आशा थापाको संयोजकत्वमा बनभोज कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ । “यो नेपाली शिर उचाली” भन्ने अत्यन्तै लोकप्रिय देशभक्ति गीत, अष्ट्रियामा रहेका कलाकारहरू गायक तथा संगितकार शेखर लामा, मनिराज थेवे र सुजाता सिन्चुरीद्वारा प्रस्तुति साथ् कार्यक्रमको शुरुवात गरिएको थियो।


नेपाली राजदूतावास भियना अष्ट्रियाका कार्यवाहक राजदूत डा. इला मैनालीको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण तथा समापन कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने टिमहरुलाई आकर्षक नगद, मेडल तथा प्रमाणपत्र र सहभागी टिमहरुलाई सान्त्वना स्वरुप प्रमाणपत्र कार्यवाहक राजदूत डा. इला मैनाली, संस्थाका अध्यक्ष भवानी तिवारी, कार्यक्रम संयोजक महेन्द्र लिम्वु, आईसिसि सदस्य विकाश कार्की, अनुशासन समिति सदस्यहरू डा. प्रदिप भण्डारी र मनोज विष्ट, सल्लाहकारहरू डबिन लामा गुरुङ्ग र मुक्त गुरुङ्ग, वरिष्ट उपाध्यक्ष अनिता भुजेल, महिला उपाध्यक्ष आशा थापा र एलसिसि साल्जवर्गका अध्यक्ष शिव खड्का लगायतबाट वितरण गरिएको थियो।


शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि डा. मैनालीले हाजिरीजवाफ कार्यक्रम अत्यन्तै रोमान्चक तथा उत्साहजनक रहेको बताएका थिए। कार्यक्रमको अन्तमा संस्थाका अध्यक्ष भवानी तिवारीले सबैको साथ र सहयोगबाट नै कार्यक्रम भव्य र सभ्य भएको बताउँदै सबैलाई धन्यवाद व्यक्त गरेका थिए। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने, प्रायोजन गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रम संयोजक लिम्बुले आगामी दिनहरूमा पनि यस्तै रचनात्मक वौद्दिक कार्यक्रम गर्न प्रेरित भएको बताएका थिए।
हाजिरीजवाफ प्रतियोगितामा ५ वटा टिमले सहाभागिता जनाएका थिए भने प्रतियोगिताको अन्त्यमा २ टिमको अंक बरावर भएको हुँदा समय थप गरेर दोश्रो र तेश्रो स्थानको निम्ति पुनः प्रतिस्पर्धा गराईएको थियो ।
प्रश्नकर्ताको रूपमा रहेका अनुशासन समिति सदस्य मनिराज थेवेले प्रतियोगितालाई मनोरन्जनात्मक बनाउँदै अत्यन्तै रोचक तवरवाट प्रश्न सोधेका थिए भने कार्यक्रम संचालन संस्थाका प्रवक्ता शुभद्रा भण्डारीले गरेका थिए । प्रतियोगितालाई सफल तथा व्यवस्थित बनाउन संस्थाका महासचिव रोशन घिसिङ, आईसिसि सदस्य विकाश कार्की, युवा सहसंयोजक राजिव थेवे लगायत समितिका अन्य पदाधिकारीहरूले महत्वपूण भुमिका निर्वाह गरेका थिए ।

Advertisement


अष्ट्रियामा रहेका नेपालीहरूको इतिहासमा पहिलोपटक सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा आकाश घिमेरे,अन्जना आचार्य र ६ वर्षिय आयान घिमिरे ( Team A), निर्मल पौडेल, सिद्दु कुमार सिन्चुरी र डा. सरिता गिरी ( Team B) , डा. प्रदिप भण्डारी, रूकमिनी पौडेल र राजेन्द्र नेपाली ( Team c ), मन्जु खड्का, अर्जुन घिमिरे र फुर्वा तामाङ्ग ( Team D) सचेता राई, भुपिन्द्र गुरूङ्ग (चन्द्रसेन राई) र पुनम थापा (Team E ) प्रतियोगिको रूपमा सहभागी भएका थिए भने Team E , Team A र Team B ले क्रमशः पहिलो ,दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए ।
त्यस्तै बनभोज कार्यक्रमलाई व्यवस्थित बनाउन महिला उपाध्यक्ष तथा बनभोज कार्यक्रम संयोजक आशा थापा, संस्थाका वरिष्ट उपाध्यक्ष अनिता भुजेल, सचिव कृष्ण कुमार श्रेष्ट, कोषाध्यक्ष बिरेन्द्र बहादुर पुन, सहकोषाध्यक्ष सरिता सिलवाल, सदस्यहरू जपन राई, शन्तोष भेटवाल र भावना प्रशाइँ लगायतका पदाधिकारीहरूको महत्वपूर्ण सहकार्य रहेको थियो। प्रतियोगिता पश्चात उपस्थित सबैजना नाच गान गर्दै हर्षोल्लासपूर्ण वातावरणमा अबेर सम्म रमाएका थिए।