November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

भ्वाइस अफ किड्सको प्रतिष्पर्धामा अष्ट्रियाकी निहारिका

2.9K

अष्ट्रिया । दिभ्वाइस अफ किड्स सिजन-२ मा अष्ट्रियाकि निहारिका खड्का प्रतिष्पर्धा गरिरहेकी छिन् । अष्ट्रियामा जन्मिएकी नेपाली मुलकी खड्काले ब्लाइन्ड राउन्ड पार गरिसकेकी छन्।

बालगायिका खड्का सानै उमेरदेखि स्थानीय संघसंस्थाका कार्यक्रमहरूमा नृत्य तथा गायन प्रस्तुत गर्थिन् । भोइसको ब्लाइन्ड अडिसनमा उनले चारैजना कोचहरूको कुर्सी घुमाउँन सफल भएकि थिइन् । ब्याटलमा पनि उनी सफल हुने एनाआरएनए अष्ट्रियाकी अध्यक्ष भवनी तिवारीले विश्वास व्यक्त गरिन् ।

‘चौबन्दीमा पटुकी’ बोलको गीत प्रस्तुत गरी चारैजना कोचहरूको मन जितेकी खड्का गैर-आवासीय नेपालीको प्रतिभा रहेको तिवारीले बताइन् ।

Advertisement

तिवारीले उनलाई सहयोग गर्नका लागि सबैमा अपिलसमेत गरेकी छन्।