April 16, 2025, Wednesday
२०८२ बैशाख ३
1:37:26 pm

निर्वाचन समितिको प्रेस मीटमा बोलाएर बोल्न नदिएपछि एनपीसीसी यूकेका सदस्यहरु क्रुद्द

7.2K

लण्डन – नेपाली जनसम्पर्क समिति बेलायतका सदस्यहरुले गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो बिचार राख्न नपाएपछि असन्तुष्टि जाहेर गरेका छन् ।

गत शनिबार आयोजित एक भर्चुअल प्रेस मीटमा नेपाली जनसम्पर्क समिति बेलायतमा आवद्द सदस्यहरु बोल्ने समयमा निर्वाचिन समितिका सदस्य सचिव कर्ण शाहीले नियोजित रुपमा जूम म्युट गरी आफूहरुलाई बोल्न बञ्चित गरेको बताएका छन् ।

“आज एनआरएनए यूकेको निर्वाचन सम्वन्धि जानकारी भन्ने एनआरएनए निर्वाचन समितिले सूचना दिन र एनआरएनए अभियन्ता तथा सर्वसाधरणको जिज्ञाशा सम्बन्धि जानकारी दिन आयोजना गरिएको कार्यक्रममा आयोजक निर्वाचन प्रमुख महेन्द्र कँडेल र निवार्चन सचिव कर्ण शाहीद्वारा सञ्चालित कार्यक्रममै सार्वजनिक रुपमा प्रजातान्त्रिक साथीहरू लाई पूर्वाग्रही रूपले अपमानजनक ढङ्गबाट खुइल्याउने कार्य भएको छ”, जनसम्पर्क समिति बेलायतकी कार्यसमिति सदस्य क्षमता ढकालले नेपाल मामिलालाई बताइन् । उनले सर्वसाधारणको सूचना लिने र निर्वाध रुपमा सामाजिक वाक स्वतन्त्राको विपक्षमा तानाशाही प्रवृतिले आपत्तिजनक व्यवहार गरेको भन्दै यस सम्बन्धमा नेपाली जनसम्पर्क समिति युकेले आफ्नो आधिकारीक धारणा चाँडै सार्वजनिक गर्ने जानकारी दिइन् ।

Advertisement

नेपाली जनसम्पर्क समिति यूकेको सर्मथन रहेको अध्यक्षका उमेदवार प्रेमगाहा मगरको निर्वाचन संयोजक शेरवहादुर सुनार, एनआरएनए यूकेको संरक्षक समेत रहेका नेपाली जनसम्पर्क समिति यूकेका सल्लाहकार योगेन क्षेत्री लगायत समितिका अन्य सदस्यहरुलाई बोल्न नदिएको र बोल्न पाउनेहरुले पनि निर्वाचन समितिको रवैयाप्रति असन्तुष्टि जाहेर गर्नासाथ उनीहरुलाई म्युट गरिएको थाहा हुन आएको छ ।

स्मरण रहोस्, निर्वाचन समितिका संयोजक महेन्द्र राज कंडेल र सदस्य सचिव कर्ण शाही पूर्व माओवादी केन्द्रमा सक्रिय सदस्य थिए भने अहिले केपी ओली खेमाको पार्टी नेकपा एमालेको बेलायतस्थित संगठन प्रवासी नेपाली मञ्च यूके निकट छन् ।