मध्यपुर्वी राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
यूएईस्थित नेपाली दूतावासका अनुसार कोरोना भाइरसको दोस्रो लहर विरूद्ध लड्न यूएई सरकारले १५० भेन्टिलेटरसहित १२ टन अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
विशेष विमानमार्फत बुधवार काठमाडौं पठाईएको उक्त स्वास्थ्य सामग्री केहि दिनअघि मात्र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र यूएईका परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहायता मन्त्रालयका अहमद बिन अली अल सायदबीच भएको भर्चुअल बैठकमा यूएईले चाँडै विशेष विमानमार्फत स्वास्थ्य सामग्री नेपाल पठाउन लागेको जानकारी गराएको थियो ।