November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

हङकङमा बुद्ध जयन्ती मनाइयो

बज्रकुमार थुलुङ
२०८२ बैशाख २७

1.6K

हङकङ। द नेप्लिज एसोसिएसन हङकङले बौद्ध धार्मिक गुरुहरूको समुपस्थितिमा २५६९औं बुद्ध जयन्ती मनाएको छ।

याउ मा तेईस्थित हेनरी जि. ल्योङ कम्युनिटी सेन्टरको भवनमा गरिएको उक्त कार्यक्रममा आयोजक संस्थाका प्रमुख प्रदीप थापाको अध्यक्षता,हङकङ नेपाली महासङ्घका उपाध्यक्ष नवीन सुहाङको सञ्चालन र याउचि मङ जिल्ला परिषद‌ सदस्य अरुणा गुरुङको प्रमुख अतिथ्यता रहेको थियो ।

त्यसैगरी सोही जिल्ला परिषदका स्थानीय सदस्य मिस्टर बेन्नी यूङ्, हेवुड,क्रेग जो, हङकङ प्रहरीका प्रतिनिधि मिस्टर का वाई, हङकङ राष्ट्रिय सुरक्षा क्षेत्रीय सल्लाहकार टंक राना, हङकङ नेपाली महासङ्घकी अध्यक्ष रिता गुरुङ र आदिवासी जनजाति महासङ्घका अध्यक्ष एमबी थापा मगर विशेष रहनुकासाथै नेपालबाट आएका नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापा, क्लिक धरानका प्रधान सम्पादक रोहित कोयू राई, त्रिरत्न बौद्ध बिहार धरान-३ का अध्यक्ष देवरत्न शाक्य, थाउजेण्ड बिग बुद्ध धरानका सल्लाहकार परशुराम राई, सञ्चारकर्मी डा. चुरा थापा, कुल प्रसाद गुरुङलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु अतिथिमा आमन्त्रित थिए ।

Advertisement

नेपालबाट आएका अतिथिहरूलाई विशेष अतिथिको आसनमा रहेका हङकङ सरकारका प्रतिनिधिहरुबाट मायाको चिनोसहित खादा लगाई दिएर सम्मान गरिएको थियो। उक्त कार्यक्रममा बौद्ध गुरुहरूले अहिंसा
,सहिष्णुता,समस्त प्राणी जगतको कल्याणसाथै विश्व शान्तिको निम्ति प्रार्थना र पूजा गरेका थिए। हङकङ नेपाली समाजका गायक/गायिका तथा कविहरूसमेत सहभागी रहेका सो कार्यक्रममा बुद्ध र शान्तिका गीत गाइनुकासाथै कवितावाचन पनि गरिएको थियो ।

स्थानीय नेपाली बाल कलाकारहरूले विभिन्न नृत्यहरू प्रस्तुत गरेका सोही कार्यक्रममा सहभागी कवि तथा कलाकारहरूलाई अतिथिहरूको हातबाट कदरपत्र प्रदान गरिएको थियो।