March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

पूर्वमन्त्री आलेद्धारा ठूला केदार धामको महायज्ञका लागि एक लाख ११ हजार बढी सहयोग

1.4K

काठमाडौँ, २७ वैशाख ः। प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको बडिकेदार (ठूला केदार) धाम शक्तिपीठमा सञ्चालन भईरहेको ‘लिङ्गपुराण महायज्ञ’ मा रु एक लाख ११ हजार एक सय ११ सहयोग प्रदान गरेका छन् ।

सुदूरपश्चिम प्रदेश भरीकै ठूलो एवं महत्वपूर्ण प्राकृतिक, धार्मिक तथा अलौकिक शक्तिले सु–प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिकेदार धाम शक्तिपीठ (ठुला केदार) स्थलमा सञ्चालमा रहेको महायज्ञका लागि उक्त रकम प्रदान गरेको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

pinup pin up pin up pinup

रेग्मीका अनुसार वैशाख २२ गतेदेखि २८ गतेसम्म सञ्चालन भईरहेको लिङ्गपुराण महायज्ञका लागि रु एक लाख ११ हजार एक सय ११ आज प्रदान गर्नु भएको हो ।

Advertisement

महायज्ञलाई सफल बनाउन बडिकेदार क्षेत्रका नागरिक तथा भक्तजनबाट सहयोग भईरहेको र आज पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य आलेले रु एक लाख ११ हजार एक सय ११ दिने जानकारी प्राप्त भएको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीले जानकारी दिए ।

उनका अनुसार आले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनु भएको समयमा बडिकेदारको विकास एवं स्तारोन्नतीका लागि रु आठ करोड बजेट विनियोजन गरेका हुन् ।

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य आले हालसम्मकै सबैभन्दा बढी सहयोग गर्ने व्यक्तिमा परेको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले जनाएको छ ।

काठमाडौँ, २७ वैशाख। प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको बडिकेदार (ठूला केदार) धाम शक्तिपीठमा सञ्चालन भईरहेको ‘लिङ्गपुराण महायज्ञ’ मा रु एक लाख ११ हजार एक सय ११ सहयोग प्रदान गरेका छन् ।