November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

जनजाति महासंघ यूकेको महाधिवेशन जुन १९ मा, यस्तो बन्यो निर्वाचन समिति

15.5K

लण्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) को चौथो राष्ट्रिय अधिवेशन आगामी जुन १९ शनिबार हुने भएको छ । महासंघको कार्यसमितिको गत मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । कोभिड–१९ र जारी राष्ट्रिय लकडाउनका कारण महाधिवेशन भर्चुअल रुपमै सम्पन्न हुने भएको छ ।

अध्यक्ष जंग सुनुवारको अध्यक्षतामा बसेको बैठकले चौथो महाधिवेशनको निर्वाचन गर्नका लागि भक्तबहादुर दुराको अध्यक्षतामा तीन–सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ । समितिको अन्य दुई सदस्यहरुमा महासंघका पूर्व अध्यक्ष थर्क राना र सल्लाहकार धर्म तामाङ रहेका छन् ।

त्यस्तै गरी नेफिन यूकेले बेलायतमा नेपाल आदिवासी जनजाति प्रज्ञा–प्रतिष्ठान स्थापना गर्ने भएको छ । नेपालमा चल्दैआएको आदिवासी जनजाति आन्दोलन र मुद्दालाई अध्ययन, शोध, अनुसन्धान, वहस र अन्य प्राज्ञिक कार्यक्रमहरुद्धारा प्रकाश पार्ने उद्देश्यले स्थापना गर्न लागिएको आदिवासी प्रज्ञा प्रतिष्ठानमा बेलायतमा रहेका प्राज्ञ, लेखक, साहित्यकार, पत्रकार र बरिष्ठ आदिवासी अभियन्ताहरु रहनेछन् ।

Advertisement

बायाँबाट क्रमशः भक्तबहादुर दुरा, थर्क राना र धर्म तामाङ

बैठककले अधिवेशनपूर्व एक तदर्थ समिति गठन गर्न महासचिव खुशी लिम्बुलाई संयोजकको जिम्मेवारी तोकेको छ । त्यस्तैगरी विगत समयदेखि नेपालमा र अहिले बेलायतमा पहिचानको आन्दोलनमा लागिरहेका युवा नेता तथा अध्येता लाहाङ चेम्जोङलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ । संयोजक र सदस्य सचिव मिलेर सम्बन्धित सरोकारवालाहरुको परामर्शमा नेपाल आदिवासी जनजाति प्रज्ञा–प्रतिष्ठानको तदर्थ समिति तयार गर्नु पर्नेछ ।

एकेन्द्र गुरुङ संयोजक रहेको विधान समितिले यसअघि नै संघीय परिषदबाट पारित मस्यौदाहरु महाधिवेशनमा अनुमोदनको लागि पेश गर्ने तयारी गरेको छ

यसै बीच, नेफिन यूकेका अध्यक्ष जंग सुनुवारले हाल नेपालमा उत्पन्न स्वास्थ्य संकटसंग जुध्न नेफिन नेपालले गरिरहेको अभियानमा साथ दिन बेलायतवासी सबै आदिवासी जनजातिहरुलाई आब्ह्वान गरेका छन् । महासंघले हालै उपाध्यक्ष लिला सेलिङ माबोको संयोजकत्वमा कोभिड–१९ रिलिभ फण्डका लागि आर्थिक संकलन गरिरहेको छ ।