April 16, 2025, Wednesday
२०८२ बैशाख ३
1:37:26 pm

बेलायतको स्थानीय निर्वाचनमा नेपालीलाई सफलता उत्साजनक: डा. हेम राज शर्मा

3.8K

लण्डन । बेलायतमा विहीवार सम्पन्न निर्वाचनमा तीन जना गैरआवासीय नेपालीहरुले प्राप्त गरेको सफलतालाई गैर-आवासीय नेपाली संघले नेपालीको गर्वको विषय भएको जनाएको छ ।

बेलायतमा बिहीवार सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, अल्डरशटका वार्डहरुबाट जीव बेलवासे र नेम थापा काउन्सिलर पदमा निर्वाचित पछि संघका महासचिव डा. हेम राज शर्माले एक शुभकामना व्यक्त गर्दै उक्त कुरा जनाएका हुन् ।

शर्माले शुभकामना दिदैै स्थानिय निर्वाचनमा यहाँ रहनु भएका गैर-आवासीय नेपालीहरुले प्राप्त गर्नुभएको सफलता सबै नेपालीको गर्वको विषय हो । उहाँको जितले नेपाली र बेलायती समुदायबीच समर्पित भएर काम गर्न अझ सजिलो हुने विश्वास गरेको जनाएका छन् ।

Advertisement

शर्माले जननिर्वाचित प्रतिनिधिको माध्यमबाट बेलायत र नेपालबीचका सम्बन्धमा समेत थप घनिष्ठता थपिने आशा छ । आगामी दिनमा बेलायत र नेपालबीच उहाँहरुले पुलको भूमिका निर्वाह गर्दै नेपाली समुदायको हितमा काम गर्न सफल हुनुहुने छ भन्ने पूर्ण विश्वास लिएका छन् ।