April 16, 2025, Wednesday
२०८२ बैशाख ३
1:37:26 pm

एनआरएन युकेको महासचिवका कडा दावेदार – कर्मा पहाडी शेर्पा

10.2K

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको महासचिवका प्रबल दावेदारको रुपमा  नेपाल आदिवासी जनजाति महासंघ युकेका पुर्व महासचिव कर्मा पहाडी शेर्पालाई लिईएको छ।

आगामी जुलाईमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको महाधिवेशनका लागि विभिन्न पदमा उम्मेद्वारी आउन थालेका छन्।  यसरी बेलायतको चिसोमा भावी नेतृत्वका दावेदारहरुले माहौल तताउन सुरु भए संगै विभिन्न व्यक्तिहरु र संघसंस्थाहरुमा पनि आफ्नो पहुँचको पारो बढेको नै देखिन्छ। यसैले पनि आदिवासी जनजातिहरु, जातिय संस्थाहरु, भूपू गोर्खाहरु, विभिन्न राजनैतिक पार्टीहरु लगायत बेलायतको हरेक समाजमा भिज्नसक्ने शेर्पालाई सबैका बिश्वास पात्रका रुपमा लीईएको छ।

यहाँको समाजमा कर्मा शेर्पा नौलो नाम हैन।  उनी नेपालबाट हंगकंग हुदै परिवार सहित बेलायत आइपुगेका हुन् भने उनको नाम हरेक स्थानीय गतिबिधिसंग पनि जोडिएकै हुन्छ। त्यसमा पनि उनको लोकप्रियताको कडी भनेको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको गएको चुनाव नै हो। जसमा सन् २०१९-२०२१ कार्यकालका लागि भएको एनआरएन युकेको गएको चुनावमा महासचिव पदमा  झिनो मतले पराजित भएका थिए।  हुन त गएको चुनावको यथार्थ जेजस्तो भएपनि कार्यसमितिले राम्रो काम गर्छ भन्ने  सोचेर उनी संघको सल्लाहकारमा पनि छन् तर अहिले समाजमा एनआरएनको छबी सुधार्न कर्मा शेर्पा जस्तो भिजन , डेडीकेसन र समयको माग अनुसार चल्न सक्ने खुबी भएको लोकप्रिय साथै सबै समुदाय   र सबै राजनैतिक पार्टीहरुको समर्थन भएको व्यक्तिको आवश्यकता रहेको बेलायतका बिज्ञ तथा अग्रजहरुको आशय रहेको छ।

Advertisement

शेर्पाको पहिलेको चुनावको समर्पणलाई हेरेर उनी जस्तो लगनशील र विवादरहित रहेर बाँडीन लागेको नेपाली समाजको एकताको लागि सामाजिक रुपमा उनीमा महासचिवको छबी देखिन थालिएको र उनी  स्वयंलाई पनि जिम्मेवारीको दबाब सिर्जना भएको छ।