काठमाडौं । नेपाली कांग्रेसका सभापतिको कार्यवाहक जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् । मंगलबार सभापति शेरबहादुर देउवाले खड्कालाई उक्त जिम्मेवारी दिएका हुन् ।
जेनजी विद्रोहपछि पहिलोपटक बसेको पार्टीको केन्द्रीय कार्यसमितिको उद्घाटन मन्तव्य राख्दै देउवाले खड्कालाई कार्यवाहक जिम्मेवारी दिँदै भने,‘मेरो स्वास्थ्यका कारण म पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको रुपमा काम गर्ने गरी तोकेको छु । उहाँले पार्टीको वृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’