February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

प्रधानमन्त्री ओलीले मंसिर १८ गते चिनियाँ राष्ट्रपति सि जिनपिङलाई भेट्ने

435

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग मंसिर १८ गते (डिसेम्बर ३) मा भेट्ने भएका छन् । मंसिर १७ गते चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले चीन पुगेको भोलिपल्ट चिनियाँ राष्ट्रपनि सि जिनपिङसँग भेट्ने भएका हुन् ।

सोही दिन नेपाल–चीन द्धिपक्षीय सम्झौतामा हस्ताक्षर हुने बताईएको छ । यद्धपी प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको क्रममा बीआरआईसम्बन्धी हस्ताक्षर नहुने स्पष्ट पारिसकेका छन् ।

भ्रमणमा जानुअघि प्रधानमन्त्री ओलीले भ्रमणको लागि सुझाव संकलन थालेका छन् । आज उनले पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका छन् । आज बस्ने मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमणपनि स्विकृत गर्ने बुझिएको छ ।

Advertisement