काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपेमी किसान नेता एवं महान सहिद भीमदत्त पन्तको सालिकमा माल्यार्पण गरेका छन् ।
कञ्चनपुरको बेलौरी बजारस्थित सहिद पन्तको सालिकमा माल्यार्पणसहित अध्यक्ष प्रचण्डले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
सालिकमा माल्यार्पण गर्दै अध्यक्ष प्रचण्डले भीमदत्त पन्तको ऐतिहासिक नारा ‘कि जोत हलो, कि छोड थलो, यदि होइन भने छैन भलो’ लाई स्मरण गरेका थिए।




