April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

695

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ । बैठल शुक्रबार दिउँसो २ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेगरी बोलाइएको हो ।

बैठकमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालालाई सत्तारुढ दलले हटाउन खोजेको विषय, संवैधानिक परिषदको बैठकमा माओवादीको अडान र समयसामयिक विषयमा छलफल हुने बताइएको छ ।

साथै, सहकारी ठगी प्रकरणमा बनेको संसदी विशेष समितिले प्रतिवेदन सार्वजनिक गर्न लागेको र त्यसपछि संसद्मा माओवादीको भूमिका कस्तो हुने भन्नेबारेमा पछि छलफल हुने छ ।

Advertisement