April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

माओवादी केन्द्र संसदीय दलको बैठक जारी

1.4K

काठमाडौं । केहीबेर अघि सुरु भएको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक कार्यालय सिंहदरबारमा जारी छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारले संसदमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटलगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।

आइतबारबाट सदनमा बजेटमाथिको छलफल सुरु हुँदै छ । आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको छ ।

Advertisement