April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

संसद स्तरहीन र मर्यादाहीन भएको छ: पूर्वसभामुख सापकोटा

905

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसदको गरिमा र ओज खस्कँदै गएको बताएका छन् ।

शनिबार नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठनको कार्यक्रममा बोल्दै सापकोटाले संसद् स्तरहीन र मर्यादाहीन भएको टिप्पणी गरेका हुन् ।

सापकोटाले संसदमा हुने बहस, छलफल, शब्द चयनहरुमाथि प्रश्न उठाउदै संसद्लाई लोकतन्त्रको आत्मा र सुशासनको संवाहकका रुपमा चित्रण गर्नुका साथै संसद् ओज र गरिमायुक्त हुनुपर्ने बताए ।

Advertisement

उनले भने, ‘संसद भन्दा उच्च जनप्रतिनिधिको थलो अर्को छैन । त्यहाँ हुने छलफल, बहस, शब्द चयन, वाक्य गठन सुन्दा हामीलाई के लाग्छ भने स्तरहीन, मर्यादाहीन भएको छ ।’