काठमाडौं । नेकपा (माओवादी केन्द्र) इलामले उपनिर्वाचनका लागि चार जनाको नाम सिफारिस गरेको छ ।
जिल्ला कमिटीले केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज धिरेन्द्र शर्मासहित प्रदेश कमिटी सदस्यहरू उर्मिला तामाङ, अनिल बराइली र ओम गुरूङ रहेको ईन्चार्ज शर्माको नाम मंगलबार केन्द्रमा सिफारिस गरेको हो ।
इलाम–२ मा वैशाख १५ गते हुने उपनिर्चानका लागि एमालेले सुहाङ नेम्वाङको उम्मेदवारी टुंगो लगाइसकेको छ भने बाँकी दलहरू उम्मेदवार चयनको प्रक्रियामा छन् ।




