काठमाडौं । नेकपा माओवादी केन्द्रले आउँदो निर्वाचनमा एक्लै चुनाव लड्ने भएको छ । बुधबार काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा माओवादीले अब आउने निर्वाचनमा एक्लै निर्वाचन लड्ने निर्णय गरेको हो ।
बैठकमा नेपाली कांग्रेसको फागुन ७ देखि १० गतेसम्म भएको महासमिति बैठकले गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको विषयमा पनि स्थायी छलफल भएको थियो । त्यसबारे उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए अब आउने निर्वाचनमा एक्लै लड्ने तयारी भइरहेको बताएका हुन् ।
उनले भने, ‘अब आउने चुनावमा पार्टीले स्वतन्त्र रूपमा एक्लै प्रतिस्पर्धा गर्ने भनेर भनेका छौं । यो विषय कार्यनीतिक विषय हो, रणनीतिक होइन । तर हाम्रो पार्टीले एक्लै प्रतिस्पर्धा गर्नेगरी तयारी गर्नुपर्छ भनेर भनिएको छ ।’
त्यस्तै, कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा कृष्ण सिटौलालाई उम्मेदवार बनाउन लागेकोबारे सोधिएको प्रश्नमा सापकोटाले माओवादी केन्द्र आफैंले उक्त पद दाबी गर्ने बताए ।




