काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक मंगलबार पुनः बस्ने गरी सकिएको छ । आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूको कार्यविभाजन र चैत १ गतेबाट सुरु गर्ने अभियानबारे अभिमुखीकरण दिएका छन् ।
माओवादी स्थायी समिति बस्नुअघि प्रचण्डले पदाधिकारीहरूसँग छलफल गरेका थिए। पदाधिकारीसँग संवादपछि स्थायी समिति बैठक बसेको हो ।
आगामी मंगलबार बस्ने बैठकमा माओवादीले सञ्चालन गरेको पार्टी रूपान्तरण विशेष अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायतमा पनि छलफल हुने बताईएको छ ।
माओवादीले आगामी चैत १ गतेदेखि तराई–मधेस जागरण अभियान सञ्चालन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।




