काठमाडौं। सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ।
बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्न लागेको हो ।
बैठकमा पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्ने लगायतका विषयमा छलफल हुने जनाइएको छ।
बैठकमा समसामयिक राजनीति र गठबन्धनको समीक्षा हुने बताइएको छ।




