November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

1.3K

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । बैठल अपराह्न ३ बजे बस्न लागेको हो ।

बैठकमा आगामी केन्द्रीय समिति बैठक, विधान सम्मेलनलगायत विषयमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

बैठकमा पार्टीको आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनाका साथै माओवादीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको समीक्षा हुने बताइएको छ ।

Advertisement