काठमाडौं । नेकपा माओवादी केन्द्रले भूकम्पपीडितका लागि रु ५० लाख राहत रकम सहयोग गरेको छ ।
मंगलबार माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी जाजरकोटका भूकम्पपीडितलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन्।
सो अवसरमा माओवादी नेताहरूले भूकम्प प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सरकारले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद दिँदै राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका थिए ।




