November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अखिल क्रान्तिकारीको केन्द्रीय समितिलाई विस्तार गरी बनाइयो ९ सय ९९ सदस्य आयोजक समिति

1.5K

काठमाडौं। अखिल (क्रान्तिकारी)को विद्यामान केन्द्रीय समितिलाई विस्तार गरी नौ सय ९९ सदस्य आयोजक समिति बनाइएको छ । असन्तुष्ट पक्ष पवन समूहलाई समेत समेटेर पदाधिकारी ९९ सदस्य र केन्द्रीय समिति ९९९ सदस्य बनाएको हो ।

असोज १९ गते क्रान्तिकारीको केन्द्रीय समिति बैठकको निर्णय अनुसार विद्यामान समितिलाई २३ औँ राष्ट्रिय आयोजक समितिमा रूपान्तरण गरिएको जनाइएको छ। 

उक्त बैठकले विद्यामान केन्द्रीय समितिका पदाधिकारी, सदस्य, केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरू स्वतः प्रतिनिधि हुने व्यवस्था खारेज गरी निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्ने निर्णय गरेको थियो ।

Advertisement

यसअघि २२ औँ सम्मेलनबाट ४१ सदस्य पदाधिकारी चयन भएको थियो ।