May 1, 2024, Wednesday
२०८१ बैशाख १९
1:37:26 pm

संघीयता बचाउन शान्तिपूर्ण संवैधानिक लडाइँको आवश्यकता छ: विमलेन्द्र निधि

1.1K

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वउपसभापति विमलेन्द्र निधिले संघीयता बचाउन शान्तिपूर्ण संवैधानिक लडाइँ लड्नुपर्ने आवश्यकता रहेको बताएका छन् । जनकपुरधामको श्री महावीर युवा कमिटीको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुका लागि आयोजित पदभार तथा शपथग्रहण र प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै उनले संघीय कानून कार्यान्वयनमा संघीय सरकार प्रतिबद्ध नरहेको आरोप लगाएका हुन् ।

नेता निधिले ‘मधेस माने कांग्रेस र कांग्रेस माने मधेस’को नारालाई पुन: सार्थक बनाउनुपर्ने बताए । जनकपुरधाममा आधुनिकतालाई स्वीकार गर्दै आर्थिक गतिविधिहरु हुनुपर्ने भन्दै उनले यहाँका युवाहरुले समाजिक गतिविधि बढाउनुपर्ने र समाजमा योगदान दिएकाहरुको खोजी गरी सम्मान गर्नुपर्ने बताए ।

उनले भने, ‘केन्द्रीय सरकार संघीयताको मर्म अनुसार काम गर्न सकिरहेको छैन र प्रदेश सरकार पनि संघीय कानुन अनुसारको अधिकारका लागि अग्रसर दैखिँदैन । त्यसैले संघीयता बचाउन आन्दोलनको आवयश्कता छ ।’

Advertisement