March 8, 2026, Sunday
२०८२ फाल्गुन २५
1:37:26 pm

स्थानीय तहमा उपनिर्वाचन हुँदैछ, जित्ने गरी मेहनत गर्नुपर्छ: गगन थापा

7.6K

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही समयभित्रै स्थानीय तहका रिक्त ठाउँमा उपनिर्वाचन हुने भएको हुँदा त्यसको लागि तयारी गर्नुपर्ने बताएका छन्।

पार्टीबाट उम्मेदवार भई उत्कृष्ट काम गरेका गाउँपालिका र नगरपालिका प्रमुखलाई सम्मान गर्न सानेपामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै थापाले चुनावअघि जनतासँग गरिएका बाचा पूरा गरिनुपर्ने बताएका हुन्।

pin up pinup

महामन्त्री थापाले भने, ‘जनतासँग केही बाचा गरेर हामीले यो जिम्मेवारी पाएको हो। त्यसअनुसार जिम्मेवारी पूरा गर्नुपर्छ । स्थानीय तहले धेरै राम्रा काम पनि गरेको छ तर प्रचार भइरहेको छैन।’

Advertisement

उकांग्रे‍स संघीयतालाई बलियो बनाउन चाहने पनि महामन्त्री थापाको भनाइ थियो । ‘संघीयतालाई बलियो बनाउनुपर्छ। संविधान बनाउने बेला केही ध्यान नपुगेको रहेछ भने पनि पुनरवलोकन गर्न सकिन्छ,’ उनले भने।