काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक आज अपराह्न ४ बजे बस्ने गरी बोलाएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बस्न लागेको बैठकमा साउन १७ गते बस्ने केन्द्रीय समिति बैठकका एजेन्डाबारे छलफल हुँदै छ ।
यसअघि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेन्डाका विषयमा छलफल गरेको थियो ।




